काठमाडौं । नेपाली संगठन भारतका संस्थापक सदस्य प्रगतिशील नेपाली समाज समिति भारतका वरिष्ठ उपाध्यक्ष किशन खड्कालाई स्व संगठन प्रगतिशील नेपाली समाज समिति भारतले सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ ।
खड्का नेपालको वामपन्थी आन्दोलनमा विगत पाँच दशकदेखि आवद्ध हुदै आएका व्यक्ति हुन् । उनी भारतमा डाक्टर बाबुराम भट्टराईको संग सगै वामपन्थी आन्दोलनमा लागेका व्यक्ति हुन् ।
भारतमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपाली हरुलाइ एकीकृत गराउदै भारतका विभिन्न प्रान्तमा संगठन विस्तारमा उनिको महत्त्वपूर्ण भुमिका निभाएका छन् । उनले संगठित गरेका धेरै जसो मान्छेहरु पार्टीको महत्त्वपूर्ण वहदा मा रहेको बताउँछन् । वामपन्थी आन्दोलनमा आफुले मोहविक्रम सिंह देखि महोन बैद्य किरण बाबुराम भट्टराई सबै सिनेर नेताहरुसित काम गरेको बताउँछन् । भुमिगत कालमा भारतमा जेल जिबन पनि बिताएको अनुभुती सुनाउछन् । ८० को दशकमा नेपालमा प्रजातान्त्र स्थापनाको लागि आवाज उठाउदा भरतरमा आफू लगायत थुप्रै साथीहरू जेल जिबन बिताएको बताए । खड्का अहिलेपनि भारतमा संगठनको अभिभावक भएको स्व संगठनका महासचिव लोकेन्द्र सेर्पाली बताउँछन् । उनलाई स्व संगठनका केन्द्रीय उपाध्यक्ष प्रेम घताने र प्रवक्ता गोकुल भुजेल ले एउटा कार्यक्रमका विच हार्दिक बधाई दिएर शुभकामना तथा दोसल्लाले सम्मान गरेर बिदाइ गरेका छन् ।
साथै उनलाई स्व संगठनका केन्द्रीय अध्यक्ष जसपा केन्द्रीय सदस्य प्रकाश नेपालीले आदरणीय गुरु भनेर फेसबुकमा लामो स्ट्याटस लेखेका छन् ।
प्रकाशले शुभकामना तथा बधाई दिदै लेखेका छन् लेखेका छन् मेरा आदरणीय गुरु किसन खडका ज्यू लामो समय सम्म प्रवासी नेपाली जनताको हक र अधिकार का निम्ति काम गर्दै,आउनु भएको थियो आज तपाईं प्रवास बाट स्वोदेश बिदाइ हुनुभएको छ संगठन विभिन्न जिम्मेवारी बहन गरि संगठनको हितको निम्ति वा संगठन निर्माणमा सक्रियरहि हाल सम्म पार्टी संगठनको आचारसंहिता , बिधि र बिधानलाई आत्त्मासाथ संगठन निर्माणमा अहम योग्दान पुर्याउदै आउनु भएको हो भारतमा रहि संगठनमा काम गर्दैजादा तपाईंमा भएको सैद्धान्तिक बिचार र सामाजिक र राजनीतिक चेताना पर्योगगरि संगठनलाई ठूलो टेवापुर्याउन मद्दतभएको महसुस गर्दैछौ, तेशर्थ हाल उहाँ बिबिधकारण स्वोदेश फर्कनु भएको उहाँले प्रवासमा गरेको योग्दान हामी कहिले पनि बिर्सने छैनौं गुरु हार्दिक बधाई छ। हजुर लाई विशेष- धन्यवाद उपाध्यक्ष प्रगतिशील नेपाली समाज भारत का आदरणीय दाजु पिरम घताने ज्यु लाई !!
करण नेपाली केन्द्रिय सचिव
(प्रगतिशील नेपाली समाज समिति भारत )