• मंसिर १३ २०८१, बिहीबार

मंगलबारदेखि सुरु हुने फाइजर खोप अभियान तत्कालका लागि स्थगित

पुष १२ २०७८, सोमबार

काठमाडौँ। सरकारले पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ ।

फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।

घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने भण्डारीले जानकारी दिए । उनले भने,‘खोपलाई आवश्यक पर्ने घोलक आएपछि खोप अभियान सुरु गर्छौं, अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । सायद, आठ–दश दिनमा अभियान सुरु हुन्छ ।’

फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।

पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।