• बैशाख १२ २०८२, शुक्रबार

माओवादी बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

पुष १२ २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेशन पेश गरेका छन् । सोमबार काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्रमा अधयक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।

यस्तै माओवादीले बन्दसत्र सञ्चालनका लागि सात जनाको अध्यक्षमण्डल गठन गरेको छ ।

अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् । बन्द सत्रमा एक हजार ६३१ प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेका छन् ।

माओवादी केन्द्रको बन्दसत्रको छलफल अपराह्न ५ बजेसम्म चल्ने जनाइएको छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ ।