काठमाडौँ। कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ ।
दिल्ली सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो । गत २४ घण्टामा दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिएका थिए।
कोरोनाको सङ्क्रमण फेरि बढे पछि भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् भने भीडभाडमा पनि रोक लगाइएको छ । भारतमा अहिलेसम्म चार सयभन्दा धेरैमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ ।