• बैशाख १२ २०८२, शुक्रबार

डीएसपी राना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित

पुष ११ २०७८, आईतवार

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ईलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित गरेको छ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो।

डीएसपी रानाले चोरीपैठारी, प्रतिवन्धित लागूऔषध कारोबारमा संलग्न लगायत विभिन्न अपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन विशेष योगदान पुर्‍याएका छन्।

साथै नदीनालाहरुमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसामा संलगनलाई पक्राउ गर्ने कार्यमा खेलेको अहम भूमिकाको उच्च मूल्यांकन गर्दै डीएसपी रानालाई मंसिर महिनाको बेस्ट पोलिस अफ द मन्थद्वारा सम्मानित गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।