काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी तत्काल काठमाडौँ उपत्यकामा ल्याउनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालय नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले काठमाडौँबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका हुन् ।
“पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु”, उनले भने । मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।