• बैशाख १२ २०८२, शुक्रबार

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : ओली

पुष ११ २०७८, आईतवार

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने बताएका छन् ।

देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका हुन् ।

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । उनले भने, ‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो । अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’