काठमाडौं । नेकपा माओवादीको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाको ५ औं राष्ट्रिय सम्मेलन यही पौष ९ गते पेरिस डाडा पार्टी कार्यलयको हलमा भएको थियो ।
पार्टीका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा उद्घाटन सत्र शुरु भएको थियो भने बन्द सत्र भृकुटीमण्डपको विश्व भाषा क्यामपसको हलमा सप्पन्न गरिएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आदिवासी जनजातिका मागहरु अझै बाकी रहेकोले फेरि तपाईहरुको मगर संगठन एकजुट भएर अगाडी बढनु पर्ने बेला आएको बताए ।
त्यसै यस मोर्चाको नयाँ कार्यसमिति गठन समेत भएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष १ उपाध्यक्ष ९ महासचिव १ उप महासचिव ३ सचिव ४ कोषाध्यक्ष १ गरेर उन्नाईस जना पदाधिकारी सहित १५१ सदस्यीयमा १३२ जनाको कमेटी रहेको छ ।
मोर्चाको प्रतिवेदन एकमतले पारित गरिएको थियो भने प्रत्येक प्रदेश अध्यक्षले प्रदेशको गतिबिधि बारे रिपोर्टिङ गरेका थिए ।