काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पम्फा भुुसालले आफ्नो पार्टी माओवादी केन्द्रले आठौं महाधिवेशनबाट २१ औं शताब्दीको समाजवादको यात्रा तय गर्ने कुरामा ढुक्क हुन आश्वासन दिएकी छन् । पार्टीको आठौं महाधिवेशनको उद्घाटन सत्रमा स्वागत भाषणद्वारा स्वागत गर्ने क्रममा भुसालले यस्तो कुरा बताएकी हुन् ।
देश अझैं पनि पश्चगमनकोे खतरामा रहेकाले यसविरुद्ध सबै एकजुट भएर निरन्तर संघर्षमा होमिनु पर्ने आवश्यकता अझैं रहेको भन्दै उनले त्यसका लागि आफ्नो पार्टी त्यसको नेतृत्व गर्न सक्षम रहेको जिकिर समेत गरेकी छिन् ।