• बैशाख ११ २०८२, बिहीबार

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

पुष ११ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट शुरु भएको छ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरित सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्रलाई अहिले विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् माओवादी केन्द्रको महाधिवेशनबाट पार्टीमा १५ पदाधिकारी सहितको केन्द्रीय समिति रहने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।

योसँगै माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । जसअनुसार अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उप महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

केन्द्रीय समिति भने २९९ सदस्यीय हुनसक्ने नेता कृष्णबहादुर महराले जानकारी दिए । केन्द्रीय कमिटीको तर्फबाट समितिमा रहनेहरुको नामावली हलमा पेश गरिने र सहमति नबने मात्र मतदानमा जाने उनको भनाइ छ । केन्द्रीय समितिमा पेश गरिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमा पनि एकै पटक महाधिवेशनमै छलफल गराइने छ ।