काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ८ औं राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसअघिसम्म आइतबारदेखि प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताउँदै आएको माओवादी केन्द्रले शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए ।
माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो ।
माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए ।