काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सिंह र भेडाको कथा सुनाए ।
शनिबार अपराह्न ललितपुरस्थित होटल हिमालयमा कथा सुनाउदै आफ्नो पार्टी शान्ति प्रक्रियापछि सत्तामा आएपछि थोरै बिग्रिएजस्तो देखिन थालेको भन्दै अब राष्ट्रिय सम्मेलनबाट पार्टी रूपान्तरित हुने प्रचण्डले बताए । अब नेताहरू जनताको बीचमा जाने र जनतामा घुलमिल हुने उनले बताए ।
माओवादी पार्टीमा देखा पर्न थालेको विचलनलाई प्रचण्डले ‘भेडा र सिंह’ एउटा रोचक कथा हालेर प्रस्ट्याउने प्रयास गरे । आफूहरू सिंहजस्तै भएता पनि भेडाको सङ्गतमा परेर भेडाजस्तै देखिन थालेको बताउँदै प्रचण्डले भने, ‘हामी पनि अलिअलि भेडा भइयो कि जस्तो लागेको छ, अब भेडा नहुने !’
राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भेडाको कथा सुनाएका हुन् । ‘पत्रकार साथीहरू हामी अलि फरकै चिज हौँ हुन त । मैले एउटा कथा भनेको तपाईंहरूले सुन्नुभयो होला, भेडा र सिंहको,’ यति भनिसकेपछि प्रचण्डले भेडा र सिंहको कथा सुनाएका थिए ।