गोरखा । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कुनै सैन्य गठबन्धनसँग आवद्ध नभएको बताएका छन् ।
शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६ औं साधारण सभा तथा १६ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले एमसीसी नेपाल आफैंले प्रस्ताव गरेको विकास परियोजना भएकाले यससम्बन्धी सम्झौता संसदबाट अनुमाेदन गर्नुपर्न सकारात्मक रहन आग्रह गरे ।
‘खासगरी विद्युत ट्रान्समिसन, सडक निर्माण र रोजगारी वृद्धिका लागि नेपाल सरकारले नै यो परियोजनालाई प्रस्ताव गरेको हो,’ उनले भने, ‘प्रस्तावलाई उनीहरुले स्वीकार गरे, यो कुरालाई संसदबाट पास गर्नुपर्ने प्रावधान राखियो, त्यही अनुसार अब यो संसदले पास गर्नुपर्छ ।’
एमसीसी सम्झौता संसदमा कहिले पेश हुन्छ भन्ने पत्रकरको प्रश्नमा गृहमन्त्री खाँणले भने, ‘संसदमा लान साइत हेरिरहनुपर्दैन, गठबन्धनसँग छलफल गरेर छिट्टै निर्णय गर्छौं ।’