• बैशाख ११ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकबाट चार प्रस्ताव पारित

पुष १० २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पारित गरेको हो।

१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेपछि बसेको बैठकले चार प्रस्ताव पारित गरेको महामन्त्री गगन थापाले जानकारी दिए।