• बैशाख ११ २०८२, बिहीबार

कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण

पुष १० २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो।