• फाल्गुन २९ २०८२, शुक्रबार

काँग्रेस प्रदेश २ अधिवेशन : सभापति देउवा पक्षको क्लिनस्वीप, निधि-कोइराला पक्ष निल

पुष १० २०७८, शनिबार

काठमाडौं । जनकपुरमा जारी नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्नका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको क्लिनस्वीप भएको हो ।

हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि(कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव निर्वाचित भइसकेका छन् ।

जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव र्निाचित भएका छन् । त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी निर्वाचित भएका छन् ।

यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ । सभापतिसहित प्रदेश २ का आठै पद देउवा समूहको पोल्टामा परेको हो ।

कुन उम्मेदवारले मत कति ?

सभापति
कृष्ण यादव – ९९६ विजयी

रामसरोज यादव – ८५५

उपसभापति
चन्द्रशेखर यादव – ८९५ विजयी

धनलाल ठोकर – ६३६

विनोदकुमार खनाल – ७४०

वीरेन्द्रप्रसाद सिंह – १०१९ विजयी

राधाप्रसाद यादव – १२४

महामन्त्रीका उम्मेदवार
उपेन्द्रकुमार यादव – ९५९ विजयी

नरेश यादव – ७७५

विनोद चौधरी – १९५

वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी

हरेशप्रसाद महतो – ७०३

सहमहामन्त्री
अरविन्द अमात्य – २५७

जयनारायण प्रसाद यादव – ८७९ विजयी

नारायण चौधरि–६०१

परशुराम चौधरी – ८२२ विजयी

विनोदकुमार यादव – ६९१

रामनारायण महासेठ – ९७

सहमहामन्त्री महिला
बिन्दुकुमारी यादव – ८८९ विजयी

भीमादेवी शर्मा – ५३२

रीता यादव – १५६

रेखादेवी महरान – ७६

अब प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ ।