काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका २० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले आज (शुक्रबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।
अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग ५० हजार घुस माग गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ५० हजार घुस लिइसकेको अवस्थामा र भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन(करार) बिरेन्द्र बहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
घुससहित पक्राउ परेका पौडेल र कठायतलाई अनुसन्धानको क्रममा सेवाग्रहीबाट घुस लिएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।