• बैशाख ११ २०८२, बिहीबार

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री-३ राज्यमन्त्री

पुष ९ २०७८, शुक्रबार

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।