काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
अहिले अनुसन्धान गर्ने तयारी भइरहेको छ । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन् ।