काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गरेका थिए। । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार दिउँसो १ बजे नेकपा मसालबाट एउटा समूह विद्रोह गरेर र नेकपा (माओवादी) बाट प्रभात चलाउनेसहितको टिम माओवादीमा प्रवेश गर्ने कार्यक्रम भएकाले बैठक स्थगित भएको हो ।