• बैशाख ११ २०८२, बिहीबार

बंगलादेश : डुंगामा आगलागी हुँदा कम्तीमा २७ को मृत्यु, १०० जना घाइते

पुष ९ २०७८, शुक्रबार

काठमाडौं । बंगलादेशमा शुक्रबार बिहान एउटा डुंगा (फेरी)मा आगो लाग्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १०० जना घाइते भएका छन्।

राजधानी ढाकाबाट करिब २ सय किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा डुंगामा आगलागी भएको हो। डुंगामा आगो लागेर घाइते भएका १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा करिब एक हजार मानिस बोकेको उक्त डुंगा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन् ।