• बैशाख ११ २०८२, बिहीबार

काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

पुष ९ २०७८, शुक्रबार

जनकपुरधाम । नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि भएकाे निर्वाचनमा प्रदेश २ काे सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
प्रदेश २ को राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गरेका छन्। उनीहरु बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरुको मत गणना भइरहेको समितिले जनाएको छ ।