• बैशाख ११ २०८२, बिहीबार

आगलागीमा परि ७ चौपाया मरे

पुष ९ २०७८, शुक्रबार

रौतहटमा आगलागीमा परी ७ वटा चौपाया मरेका छन् । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् ।

मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् । आगलागीको कारण चौपाया, गोठ र गोठभित्र रहेको अन्न, लत्ताकपडा गरि ४ लाख बराबरको क्षति भएको पीडित बैधनाथ साह कानुले जानकारी दिएका छन् ।