काठमाडौं । रानीपोखरी र पोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडौँ महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरे । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानीपोखरीमा पानी राख्न निकै समस्या भएपछि बिभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताए।
उनले पुरात्वात्विक ढंगले रानीपोखरी र बाल गोपालेश्वरलाई पुनर्निर्माण गरिएको उल्लेख गरेो । नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिए । उनले महामगरको नासो पुनर्निर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताए।
कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख शाक्यले रानीपोखरी पुनर्निर्माणमा केही बिवाद भए पनि अहिले निकै उत्कृष्ट ढंगले पुनर्निर्माण गरिएको बताए। उनले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिवद्ध रहेको उल्लेख गरे।