काठमाडौँ। ‘उत्कृष्ट सरकारी वकिल वर्ष २०७८’को उपाधि सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई प्रदान गरिएको छ। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा सहन्यायाधिवक्ता रेग्मीलाई उत्कृष्ट सरकारी वकिलको उपाधि प्रदान गरिएको हो। सोही कार्यक्रममा पूर्व महान्यायाधिवक्ता र पूर्व नायव महान्यायाधिवक्ताहरूलाई पनि सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो।