• फाल्गुन २९ २०८२, शुक्रबार

माधव–प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरेकाले ताजा जनादेशको कुरा उठाइयो : शंकर पोखरेल

पुष ८ २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद विघटन गरी ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।

अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाइ छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे ।

उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।