काठमाडौँ। सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनी अहिले जगन्नाथदेवलमा थुनामा छन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको थियो।