हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
एमालेले आफ्नो पार्टीले उठाएका प्रश्नहरूको जवाफ मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिनुपर्ने माग गरेको छ । तर मुख्यमन्त्री नै प्रदेश सभा बैठकमा नआएपछि एमालले अवरोध गरेको हो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित भएको जानकारी गराए ।
आफू सरकारमा हुँदा सुरु गरिएको गौरवको आयोजना कटौती गर्ने प्रदेश सरकारको निर्णय फिर्ता हुनुपर्ने र मन्त्रालय विभाजनबारे मुख्यमन्त्रीले प्रदेश सभामा रुपमा जवाफ दिनुपर्नेलगायत माग राख्दै एमालेले बैठकमा अवराेध गरेको हो ।