• बैशाख ११ २०८२, बिहीबार

रञ्जु दर्शनाद्वारा विवकेशील साझा पार्टी परित्याग

पुष ८ २०७८, बिहीबार

काठमाडौँ। नेतृ रञ्जु दर्शनाले विवकेशील साझा पार्टी परित्याग गरेकी छन्। बिहीबार बिहान ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ शीर्षकमा वक्तव्य जारी गर्दै रञ्जु दर्शनाले याे पार्टी छाडेकाे घाेषणा गरेकी हुन्।

‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें’, रञ्जुले भनेकी छन्, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।’