काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।