काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधवार दिउसो ३ः३० बजेका लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
आयोगका सदस्य समेत रहेका लोक सेवा आयोग अध्यक्ष काठमाडाैं बाहिर रहेकाले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताए । बैठकका लागि अर्को मिति भने तोकिएको छैन।