• बैशाख ११ २०८२, बिहीबार

अनलाइनमा बलात्कृत युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला

पुष ६ २०७८, मंगलवार

सुर्खेत। सुर्खेत जिल्ला अदालतले सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अनलाइनमा युवतीको पहिचान खुल्ने गरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए । उनीमाथि असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो ।