• असार १३ २०८१, बुधबार

हाम्रो शरीर किन चिलाउँछ ?

पुष ६ २०७८, मंगलवार

हाम्रो शरीर चिलाउनुको कारण के हो भन्ने बारेमा वैज्ञानिकहरुले अहिलेसम्म खासै कुनै सन्तोषजनक तथ्य पत्ता लगाउन सकेको छैनन् । चिलाउने क्रियामा छाला, स्पाइनल कर्ड र मस्तिष्कबीच समन्वय हुन्छ र, हाम्रो शरिर जुनसुकै बेला पनि चिलाउन सक्छ । कहिलेकाहीँ ढाडमा चिलाउँदा हातले कन्याउन नभ्याएर निकै अफठ्यारो हुने अनुभव त सायद हामी सबैले गरेका छौं र कहिलेकाहीँ कन्याउने र चिलाउने प्रकृया यतिसम्म हुन्छ कि छालामा घाउसमेत हुन्छ ।

पहिला यो विश्वास गरिन्थ्यो पीडाका लागि जिम्मेवार स्नायुहरुले राम्रोसँग काम नगर्दा हामी चिलाएको अनुभव गर्छौं । पीडाजस्तै चिलाउने अनुभूति पनि घटना घटेको केही समयपछि मात्रै हुन्छ । तर, पीडा तथा चिलाउने अनुभूति हुँदा हामी भिन्नाभिन्नै प्रतिकृया देखाउछौँ । पीडाको समयमा पीडाको कारणबाट छिटोभन्दा छिटो छुट्कारा पाउन खोज्छौं भने चिलाउँदाको हाम्रो प्रतिकृया भने कन्याउने हुन्छ ।

यद्यपि, कन्याउने प्रतिकृया जनाउँन पनि मस्तिष्कको संलग्नता नहुन सक्छ । सन् १९९७ मा केही अनुसन्धानकर्ताहरूले फराकिलो टेन्टाकलहरू भएका ससाना स्नायुहरू पत्ता लगाएका थिए । जसले चिलाउँदाको समयमा मात्र प्रतिक्रिया जनाउँछन् । केही समय अगाडि मात्रै पनि वैज्ञानिकहरूले चिलाएको ठाउँमा कन्याउँदा मस्तिष्कका कुनकुन भागहरू क्रियाशील हुन्छन् भन्ने कुराको अनुसन्धान गरेका थिए ।

अनुसन्धानबाट के पत्ता लाग्यो भने कन्याउँदाको समयमा मस्तिष्कको कुनै एकभाग मात्र क्रियाशील हुने नभई स्पर्श गर्दा, कुनै अङ्ग चलाउले निर्णय गर्दा, र पीडा तथा खुसीको अनुभूति हुँदा क्रियाशील हुन्छन् । त्यसैले चिलाउनु भनेको स्पर्श, क्रिया र उद्वेगको विशाल सम्मिश्रण हो । तर चिलाउँदा हामी किन कन्याउँछौ त ? यो प्रश्नको उत्तर त्यति सहज छैन ।

वैज्ञानिकहरूका अनुसार चिलाएको ठाउँमा कन्याउँदा अनुभव हुने हल्का पीडाको कारण मस्तिष्कको ध्यान चिलाउने अनुभवबाट पीडामा केन्द्रित हुन्छ, जसको कारण चिलाउने निको हुन्छ । तर यो कुरा पूर्णरूपमा पुष्टि भएको छैन र कहिलेकाहीँ कन्याउँदा अनावश्यक पदार्थहरूको उत्पादन हुने हुँदा अझ बढी चिलाउने पनि हुनसक्छ ।

चिलाउनुको कारण दाद र जन्डिस जस्ता थुप्रै रोगहरू हुनसक्छन् तर, कुनै रोगबिना अथवा कुनै ठोस कारणबिना नै चिलाउने चाहिँ किन हुन्छ त ? वास्तवमा, अधिकांश चिलाउने अनुभव मानसिक मात्रै हुन्छ । तपाईंले यो लेख पढ्दापढ्दै कतिचोटी कन्याइसक्नु भयो ? यदि तपाईं बुढो वा विरामी हुनुहुन्छ भने यो केवल तपाईंको मस्तिष्कमा मात्र भएको हुनसक्छ । त्यसैले अर्कोचोटी चिलाउँदा कतिबेरसम्म नकन्याई बस्न सक्नुहुन्छ, जाँच्ने कि ?

पानी भरिएको पारदर्शी झोलाबाट झिङ्गा किन पर भाग्छ ?

केही दिन अगाडि म एउटा मासु पसलमा किनमेल गर्न जाँदा एउटा अनौठो दृश्य देखेँ । सो पसलमा सफा पारदर्शी प्लाष्टिकका झोलाहरुमा पानी भरेर झुण्डाइएका थिए । अनि पसलेबाटै थाहा पाएँ, ती पानी भरिएका प्लाष्किहरू त झिङ्गा भगाउन झुण्डाइएका रहेछन् । सायद त्यो दृश्य मेरालागि मात्र अनौठो थियो । किनभने वरिपरिका अधिकांश पसलमा झिङ्गा भगाउन यही उपाय अपनाइन्थ्यो ।

अनौठो लागेर यसको कारण पत्ता लगाउँन मैले गुगल सर्च गरें । अनि पो थाहा पाएँ यो तरिका त यहाँ मात्र नभई विश्वका सबै ठाउँमा झिङ्गा भगाउने प्राचीन औषधिका रूपमा प्रयोग हुँदै आएको रहेछ । तर, पानीले भरिएको प्लाष्टिकको झोलामा के रहस्य लुकेको छ त, जसले झिङ्गा भगाउँछ ? प्रश्न अनौठो भएपनि उत्तर भने खासै जटिल छैन ।

यसमा रहस्य लुकेको छ, पानी भरिएको प्लाष्टिकको झोलाले प्रकाश परार्वतन गर्ने तरिकामा झिङ्गाहरूको आँखा विशेष किसिमको हुन्छ । यिनीहरुको आँखामा ८००० भन्दा बढी लेन्सहरु हुन्छन् । यस्तो किसिमको आँखालाई वैज्ञानिक भाषामा कम्पाउण्ड भनिन्छ । यस्तो आँखामा दृश्य क्षमता हुँदैन, तर चाल थाहा पाउने शक्ति भने अधिक हुन्छ । त्यसैले पनि तपाईंले झिङ्गाको पछाडिबाट समाउने प्रयास गर्नुभयो भने पनि समाउन गाह्रो हुन्छ ।

पानी भरिएको एउटा पारर्दशी भोलाले चारैतिर प्रकाश आर्वतन गर्छ । यसैकारण झिङ्गाहरू त्यो झोलालाई झोला नभई माहुरी वा अरिङ्गालको गोला देख्छ । माहुरी र अरिङ्गालले झिङ्गालाई खान सक्ने हुँदा अनावश्यक खतराबाट बच्न टाढै बस्न खोज्छ ।