• बैशाख ११ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

पुष ६ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित भएका छन्।

आज आएको मतपरिणामअनुसार चौधरीले २२०६ मत ल्याएका छन्।

यस्तै अजय चौरसिया २५२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित हुँदा चन्द्रमोहन यादवले २१३८ मत ल्याएर निर्वाचित भए।

साथै महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने चन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन्।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना गरेपछि समावेशी समूहतर्फको मतगणना गरिरहेको छ।