काठमाडौँ। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले चित्तबुझ्दो स्पष्टीकरण नआएकाे भन्दै संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।
‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’ पाण्डेलाई कारबाही गरेको पत्रमा भनिएको छ ।