काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच मंगलबार दुई अध्यादेश पारित भएका छन्।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेका ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पारित भएका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ।