काठमाडौँ। काठमाडौँका एक विद्यार्थीले चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुँवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् ।
कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् । पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षककाे टाउकोमा सात वटा टाँका समेत लगाइएको बताइएकाे छ। जेठाराले चिट चोरी रहेको देखेपछि शिक्षकले चिट खाेसेका थिए । चिट चोर्न नदिएको भन्दै उनले शिक्षक पुडासैनीलाई कुटेका थिए ।
घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको जनाइएको छ।