• मंसिर १२ २०८१, बुधबार

मानवीय बसाइसराइ : प्रभाव र दुष्परिणाम

पुष ६ २०७८, मंगलवार

मानिसहरु स्थायी एवं अस्थायी रुपमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दछन् । अक्सर आवागमन लामो दूरीको हुने गर्दछ । ती आफ्नो देशबाट अर्कोदेशसम्म मात्र हैन बरु आन्तरिक बसाइसराइ पनि गर्दछन् किनकि धेरैजसो मानिस आफ्नै देशमा बस्न मन पराउँछन् ।

मानवीय बसाइसराइ पूरै विश्वमा एक समान पाइन्छ । बसाइसराइ व्यक्तिको रुपमा परिवार विशाल समूहको रुपमा हुने गर्दछ । घरेलु बसाइसराई अथवा आन्तरिक बसाइसराइ अर्थात देशभित्रका मानिसहरु एकठाउँबाट अर्को ठाउँमा बसाइ सर्नुलाई भनिन्छ भने अन्तर्राष्ट्रिय बसाइसराई मानिसहरु एक एक देशबाट अर्को देशमा आवतजावतलाई भनिन्छ ।

घुमन्ते मानिसहरुलाई मानवीय बसाइसराइ भनिन्छ किनकि यिनीहरु एक ठाउँमा स्थायी बस्ने उद्देश्य राख्दैनन् । यी मानिसहरु मौसम अनुसार एक ठाउँबाट अर्को ठाउँ जान्छन् । हाम्रो आफ्नो परिवेशमा हिमाली भेगका बासिन्दाहरु जाडो छल्न तराइतिर झर्नुलाई उदाहरण मान्न सकिन्छ ।

अल्पकालिन बसाइसराइ जस्तो यात्रा, पर्यटन, तीर्थ जानुलाई बसाइसराइमा सम्मिलित गरिदैन । जो मानिसहरु नयाँ क्षेत्रहरु बसाइसराइ गर्दछन्, तिनलाई प्रवचक भनिन्छ । सन् २०११ को विश्व बैंकको बसाइसराइसम्बन्धी प्रतिवेदन अनुसार २१.५ करोड मानिस अर्थात् विश्वका ३ प्रतिशत जनसंख्या आफ्नो जन्मस्थानको देशभन्दा बाहिर बस्ने गरेका छन् ।

बसाइसराइका कारण

मानवीय बसाइसराइका मुख्य दुई कारण मानिन्छ, जसअनुसार पुसफ्याक्टर (धक्काका कारक) तथा पुल फ्याक्टर (तान्ने कारक) । पुश फ्याक्टर (घचेटने कारक) ले मानिसलाई आफ्नो थातथलोबाट बसाइसराइ गर्न बाध्य गराउँछ ।

यसको कारक विभिन्न प्रकारका हुन्छन् ः जस्तै बेरोजगारी, न्यून निजी अवसर, प्राकृतिक असन्तुलन, बाढी, पहिरो, खडेरी आदि राजनीतिक प्रभाव तथा भय हाम्रो आफ्नो परिवेशमा दश वर्षे जनयुद्ध तथा मधेश आन्दोलन एवम् सशस्त्र समूहको गतिविधिका कारण भएको विस्थापनलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

भेदभाव, प्रदूषण, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सामाजिक सेवाहरु उपलब्ध सहज रुपमा नहुनु ।

पुल फ्याक्टर (तान्ने कारक, आकर्षित गर्ने कारक) मा आफ्नो देश बाहेक अन्य देशतिर आकर्षित हुने बसाइसराइ प्रक्रिया अन्तरगत पर्दछ । यसको मुख्य आकर्षण भनेको रोजगारीको अवसर, सुखी खुसी जीवन, राम्रो शिक्षा, राम्रो चिकित्सा सेवा, हेरचाह, सुरक्षा, उच्च र राम्रो जीवनस्तर, उद्योग कलकारखाना, परिवार तथा आफन्तसँग सम्पर्क ।

आज हाम्रो आफ्नो सन्दर्भमा विगतको द्वन्द्वका कारण आफ्नो थातथलोमा सुरक्षित जीवनयापत, जीविकोपार्जन एवं आधारभूत सामाजिक सेवा सुविधाबाट बञ्चित व्यक्ति तथा समुदाय आफ्नो गच्छे सीपअनुसार वैदेशिक रोजगारी उन्मुख हुन पुगेको ठूलो संख्या तथा वैदेशिक अध्ययनका लागि विकसित मुलुक जानेको संख्या अनि डि.भी., पी.आर. जस्ता सुविधा उपभोग गर्न चाहनेको संख्यामा एक्कासी भएको बृद्धिले यसलाई पुष्टि गर्दछ ।

घचेटने र तान्ने आकर्षित गर्ने कारकरु ती कारक हुन् जसले मानिसलाई बसाइसराइ हुन कि विस्थापित वा आफूतिर आकर्षित गर्दछ । यी दुवै कारकहरु चम्बकको उत्तरी र दक्षिणी दिशा जस्ता मानिन्छन् । यदि यी दुवै दिशालाई आमुन्ने सामुन्ने राखिदियो भने आपसमा टाँसिन्छन् र समान दिशामा राख्यो भने एक अर्काबाट टाढिन्छन् ।

मानवीय बसाइको प्रभाव :

जनसख्याको सन्तुलनमा परिवर्तन पूरै विश्वमा हरेक प्रकारको जातिको मानिसको बसोवास हुनेछ । बसाइ सराइका कारण हरप्रकारका जाति एक आपसमा मिलाप हुनेछ र समुदायमा एकता बढ्नेछ । जसले गर्दा पुरा विश्वमा बहुसांस्कृतिक जनसंख्याको विस्तार हुनेछ ।

अलग जाति र संस्कृतिको मिश्रणले भेदभाव बढ्न थाल्दछ जसले गर्दा सामाजिक सन्तुङ बिग्रिने जोखिम बढेर जान्छ तथ प्रत्येक ठाउँमा एक अर्काको संस्कृतिका विरुद्ध विरोध तथा लडाइझगडा सुरु हुन सक्दछ ।

अमेरिकामा बेलाबेलामा देखिने गोरा कालो, एसियन बीचको द्वन्द्वको उदाहरण यसलाई मान्न सकिन्छ । अनि फेरि अपराधको संख्या बढ्नेछ । तर मानवीय बसाइ सराइको फाइदा यो पनि छ कि सांस्कृतिक साटासाटले एउटा नयाँ अनुभव अनि ज्ञान प्राप्त हुने गर्दछ ।

प्रवासीहरु नयाँ कौशल, सीप र प्रविधि तथा आर्थिक श्रोतसहित फर्केमा आफ्नो देशको विकासमा सहयोगी हुन सक्छ । यस सन्दर्भमा हाम्रो आफ्नो परिवेशमा गैरआवासीय नेपालीहरुले पूर्वाधार, बैंक एव वित्तिय, शिक्षा, स्वास्थ्य, जलविद्युत क्षेत्रमा गरेको लगानीलाई प्रत्यक्ष उदाहरण मान्न सकिन्छ । भनिन्छ प्रत्येक सिक्काका दुई पाटा हुन्छन् यसमा बसाइसराइ पनि अछुतो छैन ।

प्रत्येक व्यवसायिक, औद्योगिक सहर वरिपरि झोपडपटरी, स्लम एरिया अनि विस्थापित सुकुम्बासी बस्ती बसेका हुन्छन्, जुन विश्वव्यापी छ । जसले दक्ष÷अदक्ष श्रमिक त आपूर्ति गर्छन् तर आफै राज्यबाट नागरिकलाई उपलब्ध गराइने सामाजिक सुरक्षाजन्य सुविधा उपभोग गर्नबाट बञ्चित छन् किनभने यिनीहरुसँग कुनै वैधानिक बसोवासको आधिकारिक प्रमाण हुँदैन ।

भनिन्छ प्रत्येक द्वन्द्व, प्राकृतिक आपदविपदपछि मानिसहरु आफ्नो भुगोलबाट सुरक्षित भुगोल तर्फ पलायन त हुन्छन् नै आज हाम्रासाम्ु वर्माका रोहिंग्या त उदाहरण होला ।

यसैले भन्न सकिन्छ यो बसाइसराइ हुनुमा राजनीतिक द्वन्द्व, सामाजिक असमानता, आर्थिक र सेवामा असमानता आदि रहेका छन् । आजको विश्व परिवेशमा भएको समाधान सजिलो छैन ।

नत्र भुटानी शरणार्थीको समस्या, मेक्सिकोमा पर्खाल लगाउन ट्रम्प त्यसै के तम्सिने थिए होला । मानव शहरी क्षेत्रमा नदी किनार, सार्वजनिक जग्गा अनि वनक्षेत्रमा देखिएका सुकुम्बासी बस्तीले शहरी आधारभूत सेवा प्रवाहमा अवरोध पु¥याएको नै छ ।

नदी अवरोध हुँदा आज नदी वस्तीमा पस्यो कि वस्ती नदीमा पस्यो भन्नु पर्ने अवस्था धोविखोला, वागमती, मनोहरातिर वर्षेनी देखिन्छ । वन अतिक्रमणको त आफ्नै कथा छ ।

शास्त्र, समाजशास्त्रले भन्दछ मानव अधिकारको प्रस्तान विन्दु भनेको सुरक्षित थातथलो, रोजगारी अनि सामुदायिक आधारभूत सेवाको पूर्ण प्रत्याभूति । खै हाम्रो जस्तो परिस्थितिमा यसै भन्न सकिन्न ।

किनभने हुनेखानेलाई डिल्ली, सिङ्गापुर पानी पधेँरो नहुनेलाई पशुपति आर्यघाटको त के कुरा नजिकको सुकेको घाट पनि पाउन कठीन छ । तर पनि हामी सम्मृद्ध नेपाल सुखी नपालीको गोरेटोमा छौं । डेंगुले यसपाली बचाएछ भने ।