काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीनजना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन् । यस्तै ३ जना निर्वाचित हुने सहसचिव पदमा पनि १० जनाको उम्मेदवारी परेकामासञ्जय लामाले फिर्ता लिएका छन् । यस्तै कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येबाट १ जना निर्वाचित हुनेछन् ।
बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।