• असार १६ २०८१, शनिबार

नेपालमा भित्रियो गर्भमै अनुवांशिक समस्या पत्ता लगाउने प्रविधि

पुष ५ २०७८, सोमबार

काठमाडौं । गर्भमा रहेका बालबच्चा कस्ता अवस्थामा छन् रु कस्तो जन्मने हो  ? भन्ने चिन्ता आमालाई बढी नै हुन्छ । यद्यपि यसका बारेमा चासो बाबु तथा परिवारका अन्य सदस्यहरुलाई पनि उत्तिकै हुन्छ । यसको जाँचका बारेमा आधुनिक प्रविधि नेपालमा भित्रिइसकेको छ ।

यसलाई ‘प्रिनेटल स्क्रिनिङ टेस्ट’ भनिन्छ । यो वैज्ञानिक विधि र प्रक्रियाबाट गरिन्छ । यसका पनि मुख्यतः तीन वटा तरिका हुन्छन्, चरणका हिसाबले । अनुवांशिक समस्या पत्ता लगाउनका लागि डबल टेस्ट, ट्रिपल टेस्ट र क्वाड्रोपल टेस्ट गरी तीन तरिकाले परीक्षण गरिन्छ ।

शिशु गर्भमा रहेका बेलामा कतिपय आनुवांशिक रोगका कारण जन्मिएको बच्चा स्वस्थ भएर बाँच्न सक्दैन । ऊ बाँच्न त सक्ला तर जीवनभर उसको सहयोगी अर्को मानिस भइदिनु पर्ने हुन्छ । कतिपय बच्चा त जन्मन्छन् र केही दिन वा महिना वा वर्षमा मरिहाल्छन् पनि ।

यही समस्या पहिचानका लागि अणुवांशिक परीक्षणले सहयोग पुर्याउँछ । यसले यस्ता रोगी बच्चा हुर्काउने कष्ट लिइराख्नबाट आमा र परिवारलाई मुक्त गराउँछ । सानो भ्रुणको अवस्थामा यस्तो कुरा पत्ता लाग्यो भने यसले सबैभन्दा बढी त आमालाई नै फाइदा पुर्याउँछ । आमाले अनजानमा यस्ता बच्चालाई नौ महिनासम्म गर्भमा हुर्काएर जन्माई जीवनभर दुःख उठाइ राख्नु पर्दैन ।

प्रिनेटल परीक्षणमा गर्भभित्रै शिशुको स्वास्थ्य चेकजाँच गरिन्छ । यी परीक्षणहरु पहिलो परीक्षण १० देखि १३ हप्ताको बीचमा गरिन्छ । यो बेलामा ब्लड टेस्ट गरिन्छ । यो परीक्षणमा डबल मार्कर र ट्रिपल मार्कर पनि गरिन्छ । यो सँगै भिडियो एक्सरे पनि गरिन्छ ।

यी दुवै परीक्षणपछि बल्ल गर्भमा रहेको बच्चा स्वस्थ वा अस्वस्थ के छ पत्ता लगाउन मद्दत पुग्छ । यी जाँचहरुमा हाइरेस र लोरेस स्पष्ट देख्न सकिन्छ ।

अर्को १८ हप्तादेखि २२ हप्ताको बीचमा गरिन्छ । यसलाई क्वाड्रोपल टेस्ट भनिन्छ । यसलाई लेबल–२ स्क्यान वा एनामली स्क्यान पनि भनिन्छ । १८ देखि २२ हप्तामा बच्चाको गर्भभित्र हुने शारीरिक विकास पूर्णरुपा भैसकेको हुन्छ । यति बेला गर्भमा रहेको शिशुमा सबै अंगहरुको विकास भैसकेको छ कि छैन वा कुनै अंग नभएको विकलांग पो छ कि यो सबै थाह हुन्छ ।

यो बेलामा मुटुदेखि औंलासम्मको सबै टेस्ट गरिन्छ । यो परीक्षणबाट बच्चाका बारेमा प्राय धेरै कुरा थाह हुन्छ । यो सबैभन्दा महत्वपूर्ण कुरा वा परीक्षण हो । अहिलेको सन्दर्भमा यस्तो परीक्षणको ठूलो महत्व छ । किन कि महिला पुरुष दुवैले बढि उमेर पुगेपछि मात्र बिबाह गर्छन् ।

उनीहरुले बिबाह पछि पनि बच्चा जन्माउनका लागि निश्चित समय छुट्याउँछन् । यसले लामो समय लिन्छ । अहिले त लगभग ३५ वर्षको हाहारीमा पुर्याउने गरिरहेको छ, दाम्पत्य जीवनलाई । यो बेलामा हुने गर्भधारणमा बढि भन्दा बढि अनुवांशिक रोगहरु देखा पर्छन् ।

मुख्यतः ३५ वर्ष उमेर कटिसकेपछिको गर्भधारण, अथवा, त्योभन्दा पहिले नै बच्चा जन्मदा पनि अनुवांशिक रोग देखिएको छ भने वा धेरै प्रकारका रोगहरु आमा बाबुमा छ भने पनि यो परीक्षणले निकै ठूलो सहयोग पुर्याउने गरेको छ ।

यसरी गरिने परीक्षणमा एउटा स्क्रिनिङ परीक्षण र अर्को डायग्नोस्टिक परीक्षण गरिन्छ । हाल नेपालमा यो सेवाले ठूलो सहयोग पुर्याएको छ । मानिसले यो सेवा लिनका लागि नाम लेखाउने र पालो कुर्ने पनि गरिरहेका छन् । हाल परोपकार स्त्री तथा प्रशुती रोग अस्पतालसहित अन्य अस्पतालमा पनि यो सेवा नियमित गर्न थालिएको छ ।