सखरखण्डलाई मानिसको शरीरमा ऊर्जा पैदा गर्ने एउटा स्रोतको रुपमा लिइने गरिन्छ । सखरखण्डलाई जमीनमा पाइने कन्दमूलका रुपमा पनि लिने गरिन्छ । अनि जाडोमा कन्दमूल खाँदा शरीरमा ताप उत्पन्न हुन्छ भन्ने भनाई पनि रहेको छ । विज्ञहरुका अनुसार यसमा क्यालोरीको मात्रा पनि धेरै पाइन्छ ।
यो प्रायः विश्वका धेरै देशमा फलेको पाइन्छ । हामीले धेरै ठूलो सखरखण्ड देखेका छैनौं तर लेबनानका एक किसानले सबैलाई अचम्मित पार्ने खालको सखरखण्ड फलाए । उनले फलाएको एउटै सखरखण्ड झण्डै साढे ११ किलोको रहेको छ ।
अरु सखरखण्डका तुलनामा त्यो एउटा मात्रै यस्तो सखरखण्ड थियो जुन सबैभन्दा ठूलो र अचम्मित पार्ने खालको थियो । किसान भन्छन्,‘त्यो सखरखण्ड न हाइब्रेट हो न त्यसमा छुट्टै मल प्रयोग गरिएको हो । यो सखरखण्ड विश्व रेकर्डमा आज सम्मकै सबैभन्दा ठूलो सखरखण्ड हो ।’
मानव स्वास्थ्यका लागि सखरखण्डबाट पाइने फाइदा के के छन् त ?
सखरखण्डको सेवनले अन्धो हुनबाट यसले बचाउँछ । यसमा भिटामीन ए लुकेको हुन्छ, जुन अन्धो हुनबाट जोगिनका लागि अति आवश्यक छ । दक्षिण अफ्रिकामा सखरखण्डलाई जैविकीकरण गरेर उत्पादन गरिन्छ । किन कि त्यहाँ यसलाई मुख्य खानाको रूपमा समेत प्रयोग गर्ने गरिन्छ । यसमा बेटाक्यारोटीन अर्थात् भिटामीन ए को मात्रा प्रसस्त हुन्छ । सखरखण्डले मानिसको तौल घटाउँछ । यसले मधुमेह रोगलाई पनि नियमित बनाउँछ किन कि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन ।
सख्खरखण्ड बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरीपूर्ण हुन्छ । आफ्नो खुराकमा सख्खरखण्डलाई सामेल गर्नुहोस् । यसले अन्धोपनालाई परै राख्छ, शरीरको तौल घटाउँछ, छाला सुकोमल बनाउँछ, आँखा, हड्डीलाई बलियो बनाउँछ ।
काँचो सख्खरखण्ड र गाजरलाई ग्राइन्डरमा पिन्नुहोस् । अनि यो सुप बिहानको खानाको रूपमा पनि सेवन गरर्नाले शरिरलाई आराम मिल्दछ ।
सख्खरखण्ड सेवन गर्नाले छाला सफा हुने, आँखा जन्य समस्याबाट छुटकारा मिल्ने, इम्यून सिस्टम बलियो हुने, हड्डी बलियो हुने गर्दछ । सख्खरखण्डले ब्लड र सुगरलाई नियमित बनाउँछ किन कि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन । यसमा कार्बोहाइड्रेडको मात्रा पनि लुकेको हुन्छ । यसमा एक प्रकारको हरमन लुकेको हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने कार्य गर्छ । पोलेको भन्दा उसिनेको सख्खरखण्डमा पोषण तथा भिटामीन पाइन्छ जुन अन्य फलफूल तथा हरियो सागसब्जी जत्तिकै लाभदायक हुन्छ ।
सखरखण्डमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुनुका साथै यसले लामो समयसम्म भोक मेटाउने काम समेत गर्छ । एउटा ठीक्कको सखरखण्डमा चार ग्राम फाइबर उपलब्ध हुन्छ, जुन लामो समय सम्म भोक मेटाउन सहयोगी हुन्छ ।