• बैशाख ११ २०८२, बिहीबार

हामी एमसिसीलाई अगाडि बढाउन चाहन्छौँ : नेपाल

पुष ५ २०७८, सोमबार

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन अमेरिकी परियोजना एमसिसीलाई अगाडि बढाउन चाहेको बताएका छन्।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘एमसिसीबारे छलफल हुँदैछ। तीन सदस्यीय समिति पनि बनेको छ। छलफल हुँदैछ। हामी कुनै पनि किसिमको सैन्य गठबन्धनमा हामी सहभागी हुन चाहँदैनौँ’, उनले भने, ‘हामी एमसिसीलाई अघि बढाउन चाहन्छौँ। नेपालको सार्वभौमसत्तासँग नजोडिएका कुरा भएमा पास हुन्छ। पाँच दलको बीचमा छलफल गर्नेछौँ। हामी एमसिसीलाई रोक्ने पक्षमा छैनौँ।’

नेपालले राजा फर्काउने कोसिस नगर्न पनि आग्रह गरे। ‘राजाहरुले फर्केर आउने कल्पना नगरेर हुन्छ। इतिहास पछाडि फर्किँदैन, नदीको प्रवाह पछाडि जाँदैन’, उनले भने, ‘प्रतिगामीहरुले टाउको उठाउन नखोजे हुन्छ।’