• बैशाख ११ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय सदस्य : महिला खुलातर्फ डिला संग्रौलालाई अग्रता

पुष ५ २०७८, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको १४औँ महाधिवेसन अन्तर्गतको केन्द्रीय सदस्य महिला (खुला)तर्फको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म एक हजार तीन सय ६४ मतगणना सकिएको छ। जारी गणनाको मतपरिणामअनुसार आठ सय २५ मतसहित डिला संग्रौला पहिलो नम्बर रहेकी छिन्।

त्यस्तै, आठ सय दुई मतसहित पुष्पा भुसाल दोस्रो, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा सात सय २८ मत ल्याएर तेस्राे, ६ सय ५८ मत ल्याएर अम्बिका बस्नेत चाैथाे, ६ सय ४० मतसहित ईश्वरी न्यौपाने पाँचाै‌ँ नम्बरमा प्रतिस्पर्धा गरिरहेका छन्। महिला खुलातर्फ नाै केन्द्रीय सदस्यका लागि ३० जना मैदानमा छन्।