काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।