• बैशाख ११ २०८२, बिहीबार

करेन्ट लागेर एक जनाको मृत्यु     

पुष ४ २०७८, आईतवार

सप्तरी ।  सुरुङगा नगरपालिका-२ हर्दिया बस्ने २७ वर्षीय शिव कुमार ठाकुरको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-४ बिरनगर गाउँ टोल बस्ने ससुरा भोला ठाकुरको घरमा पाहुना गएको बेला विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान सिराहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।