• बैशाख ११ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, शशांकको अग्रता कायमै, यस्तो छ पछिल्लो अवस्थाको मतपरिणाम

पुष ४ २०७८, आईतवार

काठमाडौँ। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर बाँकी पुनः आज ९ बजेदेखि गणना गर्ने भनिएकोमा आज बिहान पौने ११ बजेबाट मात्रै मत गन्न थालिएको हो । केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गरेका कांग्रेस नेता डा.शशांक कोइरालाले अझै पनि अग्रतालाई निरन्तरता दिएका छन् । अहिले सम्म गणना गरिएको २९ सय ९३ मत गन्दा कोइरालाले २४सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै एनपी सावदले १८९६ मत प्राप्त गरेका छन् ।

ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय भइरहेको केन्द्रीय सदस्यहरुको मत गणनाको परिणाम आजै बेलुकासम्म आइसक्ने कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ । पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना शुरु भएको हो । कांग्रेसमा खुलातर्फ ३५ जना महाधिवेशनबाट निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् । कांग्रेस महाधिवेशनमा ४६ सय भन्दा बढी मत खसेको थियो ।

पछिल्लो अवस्थाको मतपरिणाम :

१) शशांक कोइराला-२४४२
२) एनपी साउद-१८९६
३) बालकृष्ण खाँण-१८५१
४) उदयशमशेर राणा-१८०८
५) रमेश लेखक-१७८२
६) शंकर भण्डारी-१७७१
७) रामहरि खतिवडा-१७७०
८) ज्ञानेन्द्रबहादुर कार्की-१७६४
९) अर्जुननरसिंह केसी-१७१०
१०) जिपछिरिङ लामा-१६७४
११) गोपालमान श्रेष्ठ-१६४६
१२) जितजंग बस्नेत-१५९६
१३) डा. रामशरण महत-१५७७
१४) नैनसिंह महर-१५७१
१५) सुनिलबहादुर थापा-१५६६
१६) दिलेन्द्रप्रसाद बडू-१५४८
१७) बलबहादुर केसी-१५३८
१८) गोविन्द भट्टराई-१५२४
१९) मोहनबहादुर बस्नेत–१५२४
२०) दीपक गिरी-१४४८
२१) कुन्दनराज काफ्ले-१४२६
२२) सुरेन्द्रराज पाण्डे-१४१०
२३) पद्मनारायण चौधरी-१३७७
२४) गुरु बराल-१२३४
२५) सञ्जयकुमार गौतम-१२१९
२६) डा. गोविन्दराज पोखरेल-११९१
२७) राजीव ढुंगाना-११७८
२८) मदनबहादुर अमात्य-११५९
२९) दिनेश कोइराला-११५३
३०) गणेश लामा-११३४
३१) अजयबाबु शिवाकोटी-११३३
३२) मोहन आचार्य-११२६
३३) उमेशजंग रायमाझी-१११९
३४) डा. गोपाल दहित-१११८
३५) कृष्णकिशोर घिमिरे-११००