• फाल्गुन २८ २०८२, बिहीबार

दलविरुद्ध घृणा फैलाएर, सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्किंदैन : कमल थापा

पुष ४ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था नफर्किंने बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किंन नसक्ने प्रष्ट पारेका हुन्।

राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको बाटो भएको भन्दै उनले विदेशी गुहारेर केही नहुने उल्लेख गरेका छन्।

‘राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुन : स्थापनाको एकमात्र बाटो हो। विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक छ ।’