• बैशाख ११ २०८२, बिहीबार

चल्दै गरेको ट्रकमा आगलागी

पुष ४ २०७८, आईतवार

धनगढी। दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको हो।
आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट टायरमा क्षति पुगेको छ ट्रकमा कुनै क्षति भएको छैन ।