काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा नेता विमलेन्द्र निधिलाई भेट्न उनकै निवास बानेश्वर पुगेका छन् ।
सभापतिमा पराजित निधिलाई भेट्न उपसभापतिमा पराजित नेता चन्द्र भण्डारी र महामन्त्री थापा शनिबार साँझ निधि निवास पुगेका हुन् ।
प्रदेश २ मा यही पुस ६ र ७ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । भेटमा प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल भएको निधि निकट स्रोतले जनायो । महामन्त्रीमा विजयी थापालाई बधाई दिँदै निधिले प्रदेश २ को अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल गरेका थिए । निधिले रामसरोज यादवलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका थिए ।
यो विषयमा आइतबार फेरि छलफल हुने बताइएको छ ।