काठमाडौं । अफ्रिकन मुलुकबाट फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालको अध्यागमन विभगले कोरोना ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेकोमा सो व्यवस्था हाललाई स्थगन गरेको छ ।
विभागले आज एक सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।
“डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (सात दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने सक्रिय रहेको विभागले जनाएको छ ।